
काठमाडौं: 'सुन्दरादेवी सन्देश म्युजिक अवार्ड'को तेस्रो संस्करण आयोजना हुने भएको छ। नेपालि गीत संगीत हाम्रो पहिचान, संचार संस्थाबाट कलाकार सम्मान हाम्रो अभियान भन्ने मूल नाराको साथ आगामी जेठमा अवार्ड कार्यक्रम हुने भएको हो।
चलचित्र, आधुनिक र लोकदोहोरी विधाका गीत, संगीत र यो क्षेत्रसँग सम्बन्धित व्यक्तीलाई अवार्ड दिने आयोजक समितिका अध्यक्ष किरण अधिकारीले बताएका छन्। दुई वर्षयता बागमती स्तरिय म्युजिक अवार्ड गर्दै आएकोमा यो वर्षबाट सोही कार्यक्रम राष्ट्रिय स्तरको बनाउने समेत आयोजक समितिले जनाएको छ।
नुवाकोटबाट प्रकाशित हुने सुन्दरादेवी सन्देश साप्ताहिकको आयोजनमा हुने अवार्डका लागि फर्म फागुन १ गतेबाट खुल्ने भएको छ।
अवार्डमा चलचित्र तर्फ सर्वोत्कृष्ट गीतकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट नायिका, सर्वोत्कृष्ट नायिका विधाहरु रहेका छन्।
त्यसैगरी आधुनिक तर्फ सर्वोत्कृष्ट गीतकार, सर्वोत्कृष्ट संगीतकार, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिका, सर्वोत्कृष्ट भिडियो निर्देशक, सर्वोत्कृष्ट छायाँकार, सर्वोत्कृष्ट भिडियो सम्पादक, सर्वोत्कृष्ट मोडल पुरुष, सर्वोत्कृष्ट मोडल महिला विधामा अवार्ड वितरण हुनेछन्।
त्यसैगरी लोक दोहोरी तर्फ सर्वोत्कृष्ट शब्द, सर्वोत्कृष्ट लय, सर्वोत्कृष्ट गायक, सर्वोत्कृष्ट गायिक, सर्वोत्कृष्ट मोडल पुरुष, सर्वोत्कृष्ट मोडल महिला, सर्वोत्कृष्ट भिडियो निर्देशन, सर्वोत्कृष्ट भिडियो, सर्वोत्कृष्ट छायाँकार, सर्वोत्कृष्ट भिडियो सम्पादक, नव गायक र नव गायिका विधाहरु रहेका छन्।