
जर्मन बुण्डेसलिगा अन्तर्गत शनिबार भएको खेलमा अंक तालिको शीर्ष स्थानमा रहेको वायर्न म्युनिख साल्कासँग बराबरीमा रोकिदाँ दोस्रो स्थानको लेइपजिग बोरुसिया डर्टमण्डसँग पराजित भएको छ।
घरेलु मैदान एलिएन्ज एरेनामा भएको खेलमा वायर्न साल्कासँग १-१ को बराबरीमा रोकियो। खेलको नवौं मिनेटमा रोवर्ट लेवान्डास्कीले गोल गर्दै वायर्नलाई अग्रता दिलाएका थिए। तर तयसको चार मिनेटपछि नै साल्काका नाल्डो बराबरी गोल फर्काए।
कप्तान फिलिप लाहमले बुण्डेसलिगामा ५ सयौ खेल खेलेको दिन वायर्नले जित हा पार्न भने सकेन।
बराबरी पछि १९ खेलबाट ४६ अंक रहेको वायर्न शीर्ष स्थानमा यथावत छ। समान खेलबाट २२ अंक जोडेकने साल्का ११ औं स्थानमा उक्लेको छ।
वायर्न बराबरीमा रोकिएको फाइदा दोस्रो स्थानको लेइपजिगले उठाउन सकेन। लेइपजिगलाई बोरुसिया डर्टमण्डले १-० ले हरायो। घरेलु मैदानमा डर्टमण्डलाई जित दिलाउन पिएरे एमरिङ औवामेयाङले ३५ औं मिनेटमा हेडमार्फत निर्णायक गोल गरे।
हारसँगै ४२ अंक रहेको लेइपजिग दोस्रो स्थानमा यथावत छ भने ३ अंक जोड्न सफल डर्टमण्ड ३४ अंकका साथ तेस्रो स्थानमा उक्लेको छ। डर्टमण्ड समान अंक भएपनि गोलअन्तरका आधारमा होफेनहेइम पछि पर्दै चौथो स्थानमा छ।
शनिबारै भएको खेलमा होफेनहेइमले मेइन्जलाई ४-० ले पराजित गर्यो। होफेनहेइमको जितमा एडम एसजलाईले २ गोल मार्क उथ र मार्को टेराजिनोले १/१ गोल गरे।
अन्य खेलमा हेर्थ बर्लिनले इनगोलस्टाड तथा एफसी कोलोनले उल्फस्वर्गलाई समान १-० ले हराए। जितपछि बर्लिन पाँचौं तथा कोलोन छैटौं स्थानमा उक्लेको छ।