PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

कक्षा ११ को मौका परीक्षाको नतिजा सार्वजनिक, ८६.२४ प्रतिशत उत्तीर्ण



पहिलोपोस्ट

भक्तपुर : राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही माघ ८ गते सञ्चालन गरेको कक्षा ११ को मौका परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ।
 
बोर्डका परीक्षा नियन्त्रक सन्तोष अर्यालले परीक्षामा ८६ दशमलव २४ प्रतिशत परीक्षार्थी उत्तीर्ण  भएको जानकारी दिए। परीक्षामा कुल ५३ हजार ५०७ जना परीक्षार्थी सहभागी भएकोमा ४६ हजार १४३ जना परीक्षार्थी उतीर्ण भएको उनले जानकारी दिए।
 
बोर्डले कक्षा ११ को नियमित परीक्षामा एक विषयमा अनुत्तीर्ण भएका परीक्षार्थीका लागि मौका परीक्षा सञ्चालन गरेको थियो। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell