PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

भारत हुँदै आउने पेन्सन प्रक्रिया रद्द गरी सिधै नेपाल पठाउन गेसोको माग, सभामुखलाई ज्ञापनपत्र



पहिलोपोस्ट

भारत हुँदै आउने पेन्सन प्रक्रिया रद्द गरी सिधै नेपाल पठाउन गेसोको माग, सभामुखलाई ज्ञापनपत्र

काठमाडौँ : गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले गोरखा सैनिकको पेन्सन सिधै नेपाल पठाउन माग गरेको छ। ‘भारतीय रिजर्भ बैंक’ मार्फत नेपाल पठाइने प्रक्रियाको विरोध गर्दै गेसोले यस्तो माग राखेको हो।
 
सभामुख ओनसरी घर्तीलाई १५ बुँदे ज्ञापनपत्र बुझाउँदै नागरिकता, ऐतिहासिक अन्यायको आधारमा पेन्सन र क्षतिपूर्ति, समान पेन्सन, गोरखाका सन्तानहरुलाई विनाशर्त र विनाशुल्क आवासीय अधिकार, कटौतीमा परेका भूतपूर्व सैनिकहरुलाई पेन्सन लगायतका माग राखिएको छ।
 
सो भेटमा गेसो सभापति कृष्णकुमार राईले गोरखाको अधिकारका लागि नेपाल सरकार र पार्टीको तर्फबाट पहल गरिदिन आग्रह गरे। गेसोले गोरखा सैनिकहरुका विधवालाई पेन्सन र नेपालमा रहेका भूतपूर्व ब्रिटिस सैनिकरुलाई बेलायत सरहको स्तरीय स्वास्थ्य सुविधाका मागहरू पूरा गराउनका लागि द्विपक्षीय रूपमा कूटनीतिक पहल गरिदिन पनि आग्रह गरेको छ।
 
गेसोले उठाइरहेको मुद्दा नेपाली नागरिकको अधिकारसँग जोडिएको भन्दै सभामुख घर्तीले सरकार गम्भीर हुनुपर्ने बताइन्। गोरखाहरुको समस्या सम्बोधनको लागि सरकारको ध्यानकर्षण गराउने समेत उनले प्रतिबद्धता जनाइन्।

बेलायती भ्रमणको क्रममा पनि गोरखाहरुको बारेमा बोलेको उल्लेख गर्दै उनले भनिन्, 'बेलायतसँग कूटनीतिक पहलको लागि पनि समन्वय गर्नेछौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell