PahiloPost

May 24, 2025 | ११ जेठ २०८२

मध्यमाञ्चलमा सवारी दुर्घटनाको भयावह तथ्यांक, ६ महिनामा ३८६ जनाको मृत्यु



पहिलोपोस्ट

मध्यमाञ्चलमा सवारी दुर्घटनाको भयावह तथ्यांक, ६ महिनामा ३८६ जनाको मृत्यु

वीरगन्ज : वर्षैपिच्छे सवारी साधनको सङ्ख्या बढ्दै जानु, नियम विपरीत सवारी चलाउनु, सडकको अवस्था जीर्ण हुनु तथा अत्यधिक गतिमा सवारी चलाउनुजस्ता कारणले मध्यमाञ्चल क्षेत्रका १६ जिल्लामा सवारी दुर्घटना बढ्दै गएको छ।
 
मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका अनुसार चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा सवारी दुर्घटनाबाट ३८६ जनाको मृत्यु भएको छ। सो अवधिमा चारसय ७५ वटा सवारी दुर्घटनाको घटना घटेका थिए। दुर्घटनामा परी तीन सय ८६ जनाको मृत्यु, ५१५ जना गम्भीर घाइते तथा ५२६ जना सामान्य घाइते भएका थिए।
 
कार्यालयले सोही अवघिमा दुई लाख आठ हजार ५०० एक सवारी साधनलाई कारबाही गरी रु १४ करोड ७१ लाख नौ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ।
 
यसैगरी अघिल्लो आर्थिक वर्षमा मध्यमाञ्चल क्षेत्रको १६ जिल्लामा ९३७ वटा सवारी दुर्घटना भएकोमा सोबाट ५२५ जनाको मृत्यु, १०२१ जना गम्भीर घाइते तथा ९८८ जना सख्त घाइते भएका थिए। सोही वर्ष कार्यालयले तीन लाख १९ हजार चार सय ५१ सवारी साधनलाई कारबाही गरी रु १७ करोड ३९ लाख ८८ हजार ७५० राजस्व सङ्कलन गरेको थियो।
 
दैनिकजसो हुने दुर्घटना तथा मृत्युको जिम्मेवार सडक तथा यातायात कार्यालय रहेको भन्दै मध्यक्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका प्रहरी निरीक्षक निशान्त थापाले सडकको अवस्थामा सुधार नआएसम्म दुर्घटना न्यूनीकरण गर्न गाह्रो हुने बताए।
 
यस क्षेत्रमा दैनिक एक हजार सवारी साधन दुर्घटना हुने गरेको छ। जसबाट दैनिक नौ लाख राजस्व उठ्ने गरेको सो कार्यालयले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell