काठमाडौं : बोनस ऐन र संघीय आकस्मिक कोष विधेयक दफावार छलफलका लागि संसदबाट अनुमोदन भएको छ।
व्यवस्थापिका संसद्को आजको बैठकले दुई आर्थिक विधेयकलाई दफावार छलफलका लागि अर्थ समितिमा पठाएको हो। उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले बोनस ऐन संशोधन विधेयक र संघीय आकस्मिक कोष विधेयकलाई समितिमा दफावार छलफलका लागि पठाउन प्रस्ताव गरेका थिए।
यस्तै संकटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रय व्यापार नियन्त्रण विधेयक पनि पारित भएको छ। वन तथा भू संरक्षण मन्त्री शंकर भण्डारीले छलफलका लागि प्रस्ताव गरेका थिए।
आजको बैठकमा निर्वाचन आयोग विधेयक र मतदाता नामावली विधेयक प्रमाणीकरणबारे जानकारी गराइएको छ।