
मिस्टर पर्फेक्सनिस्ट अमिर खानले आफ्नो पछिल्लो फिल्म 'दंगल'को सफलताका लागि शनिबार ताज ल्याण्ड इन्ड्समा सक्सेस पार्टी दिएका छन्। उक्त पार्टीमा आएका सेलिब्रेटीका खबर र त्यहाँ भएका घटनाहरुले अहिले बलिउड मिडियामा राम्रै स्थान पाइरहेको छ।
सन् २०१६ डिसेम्बर २३ मा रिलिज भएको दंगल ४० औं दिनमा ३८५ करोड कमाउदै बलिउडको हाल सम्मकै सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ। बलिउडमा फिल्म रिलिज भएको केही समयमै बक्स अफिसका आधारमा फिल्म सफल भए नभएको तय हुन्छ। सोही आधारमा कयौं निर्माता, निर्देशकहरु फिल्मको सक्सेस पार्टी दिनु नौलो खबर होईन। तर अमिर यो मामिलामा पनि अलग देखिए। उनले सबै कोणबाट फिल्म सफल भएको आँकलन गरेर मात्र यो पार्टीको आयोजना गरेको इन्डिया डटकमले जनाएको छ।
नेहरु ज्याकेटमा सजिएका आमिर र सिमरी गोल्डेन सारीमा सजिएकी किरण राव पार्टीमा आर्कषकको केन्द्र रहे। अमिरले किरणको गालामा किस गर्दा उपस्थित फोटो सबै छक्क रहेको जनाइएको छ। पार्टीमा आमिरकी छोरी इरा, मुख्य अभिनेत्रीहरु फातिमा साना शेख र सान्या मल्होत्राले पनि रहेका थिए।
पार्टीमा अमिरलाई बधाइ दिन उपस्थित सेलिब्रेटीहरुले पनि माहौल अझ आर्कषक बनाएको थियो। जसमा करण जोहर, आशा भोषले, आलिया भट, रेखा, शाहिद कपुर र पत्नी मीरा राजपुत, विधा वालन, सिद्धार्थ रोय कपुर, अनिल कपुर, कृति सेनन, दिया मिर्जा, इमरान खान लगायतका कयौ सेलिब्रेटीहरु सामेल थिए।
नितेश तिवारी निर्देशित चलचित्र दंगल पूर्व रेस्लर महाविर फोगट र उनका छोरीहरु गिता र बबिता फोगटको प्रेरणादायी कथा हो।