PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

नारायणी अस्पतालबाट चोरिएको शिशु फेला पर्‍यो, एक महिला पक्राउ



राधेश्याम पटेल

नारायणी अस्पतालबाट चोरिएको शिशु फेला पर्‍यो, एक महिला पक्राउ

वीरगन्ज : नारायणी उपक्षेत्रीय अस्पतालबाट चोरिएको शिशु फेला परेको छ। प्रहरीले पर्साको बेलवा-९ को एक घरमा शिशु फेला पारेको हो। प्रहरीले शिशुको उद्धार गरेको छ भने चोरीमा संलग्न लालसा देवी नामकी एक महिलालाई समेत पक्राउ गरेको छ।

प्रहरीले शिशु फेला पार्दा हजुरआमा उमरावतीदेवी पासवानले बेरेकै कपडामा थियो। सोही कपडाको आधारमा शिशुको पहिचान भएको हो।
 
बालकलाई नारायणी उपक्षेत्रीय अस्पताल लगेर स्वास्थ्य परीक्षण गरिएको छ। अहिले उनको उपचार भइरहेको अस्पताल स्रोतले पुष्टि गर्‍यो।  

शुक्रबार दिउँसो २ बजे वीरगन्ज-१ छपकैयाका मुकेश पासवानकी पत्नी आशा देवीले जन्माएको शिशु (छोरा) अस्पतालबाटै चोरी भएको थियो। अस्पतालको प्रसूति वार्डबाट एक अपरिचित महिलाले ती बालकलाई चोरेर लगेको परिवारजनले बताएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell