PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : श्रीलंकासँग नेपालको फराकिलो हार



पहिलोपोस्ट

ब्लाइण्ड वर्ल्ड कप क्रिकेट : श्रीलंकासँग नेपालको फराकिलो हार

काठमाडौं : भारतमा भइरहेको दोस्रो ब्लाइण्ड वर्ल्ड कप टी २० क्रिकेटमा नेपालले पाँचौ हार बेहोरेको छ। आइतबार भएको आफ्नो छैटौं खेलमा नेपाल श्रीलंकासँग १३१ रनको फराकिलो अन्तरले पराजित भएको हो।

२७५ रनको उच्च लक्ष्य पछ्याएको नेपालले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो।

यसअघि भएका खेलमा नेपाल अष्ट्रेलिया, बंगलादेश, पाकिस्तान र वेष्टइन्डिजसँग पराजित भइसकेको छ भने दक्षिण अफ्रिका विरुद्व विजयी भएको थियो।

महाराष्ट्रस्थित पुन विवाइसी ग्राउण्डमा टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाएर २७४ रन बनायो।

श्रीलंकाका लागि सुरंगा समपाथले शतक प्रहार गरे। १११ रन बनाएका सम्पथले रिटायर्ड हर्ट हुनुअघि ४८ बल खेल्दै १९ चौका र १ छक्का प्रहार गरे। यस्तै रुवान वासान्थले ७६, रुवान करुणथिलकाले ३३ रन बनाए। कभिदु थोमा दुरा ३२ रनमा नटआउट रहे।

जवाफमा नेपालले १४३ रन मात्र बनाउन सक्यो। नेपालका लागि सुनिल थापा मगरले सर्वाधिक ३८ रन बनाए। यस्तै किर्तन श्रेष्ठ दुवाल ३७ तथा पदम बहादुर २३ रनमा नटआउट रहे।

नेपालले आगामी मंगलबार इंगल्याण्डसँग आफ्नो सातौं खेल खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell