PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

यो हप्ता विश्वभरि चर्चामा रहेका ९ फोटो



पहिलोपोस्ट

यो हप्ता विश्वभरि चर्चामा रहेका ९ फोटो

 इङ्गल्याण्डको टेलफर्डमा आयोजित 'टप गाय च्यालन्ज' मा सहभगिता जनाउँदै एक प्रतियोगी।


चिनियाँ नयाँवर्षको अवसरमा राजधानी बेइजिङमा आयोजित एक कार्यक्रममा चिनियाँ ड्रेगन डान्सर।


चर्चित टेनिस खेलाडी रोजर फेडररले पाँच वर्षपछि १८ औं ग्रयान्ड स्लेम जितेर फिर्ता हुँदै। उनले अस्ट्रेलियन ओपनको फाइनलमा रफाएल नडाललाई पाँच सेटमा हराएका थिए। 


अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सात मुस्लिम बहुल देशबाट भित्रिने आप्रवासी तथा शरणार्थीलाई अमेरिका प्रवेशमा रोक लगाउने निर्णय गरेपछि अमेरिकामा त्यसको विरोधमा उत्रिएका प्रदर्शनकारी।


सर्बियाको राजधानी बेलग्रेडमा मान्टेनेग्रोका प्रधानमन्त्री डुस्को मार्कोलाई स्वागत गरिँदै, सर्बियाका प्रधानमन्त्री एलेक्सान्डर वुचिच सर्बिया प्यालेसमा उनको स्वागत गर्न पुगेका थिए।


युकेको सेटल्याण्डमा आयोजित अप हेली आ वाइकिंगको वार्षिकोत्सवको रौनक। 


पूर्वी युक्रेनमा सेना र रूस समर्थक विद्रोहीबीच भएको झडपका कारण करिब २२ हजारको सङ्ख्यामा रहेका अवदियिवका वासिन्दा पानी र बिजुलीबाट बञ्चित छन्। अत्यधिक जाडोका कारण यहाँको जनजीवन कष्टकर छ। अवदियिवकामा सङ्कटकाल घोषणा गरिएको छ। 

पोर्तुगालमा नज़रेका साओ मिगुएल अरकांजोको किल्ला नजिकै रहेको समुद्री लहर नियाल्दै एक जोडी। 


भियतनामको हा नेम प्रान्तमा टिच डिएन पर्वको अवसरमा आयोजित एक प्रदर्शनीमा प्रस्तुत गरिएको कला।

(स्रोत : हिन्दी बिबिसी)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell