
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सात वटा मुस्लिम देशका नागरिकलाई अमेरिका आउनबाट रोक्न गरेको निर्णय तत्काललाई लागू नहुने भएको छ।
शुक्रबार एक संघीय न्यायाधीशले उनको यो आदेशलाई तत्काल लागू नगर्न आदेश दिएको थियो। यो आदेश खारेज गर्न ट्रम्प प्रशासनले अमेरिकी संघीय पुनरावेदन अदालतमा रिट दाय गरेको थियो।
तर पुनरावेदन अदालतले आइतबार राति अबेर रुलिङ गर्दै यसबारेमा अन्तिम आदेश जारी नहुन्जेल उक्त आदेश लागू नगर्न नगराउन भनेको छ। अदालतले ह्वाइट हाउसलाई यो आदेश किन लागू गर्नुपर्ने हो भन्ने बारे थप तर्क लिएर आउन सोमबारसम्मको म्याद दिएको छ। शु
क्रबारको केसमा न्याय मन्त्रालयले राज्यहरुलाई राष्ट्रपतिको कार्यकारी आदेशलाई चुनौति दिने अधिकार नभएको तर्क गरेका थिए।
राष्ट्रपति ट्रम्पले अदालतको आदेशको निन्दा गरेका छन्। उनले संवैधानिक रुपमा नियुक्त न्याटयाधीशलाई तथाकथित न्यायाधीश भन्दै उनको निर्णयलाई उल्ट्याइने बताएका छन्
उनले प्रतिबन्ध हटाइएका कारण खराब र खतरनाक मानिसहरु आफ्नो देशमा प्रवेश गर्न सक्ने भय पनि देखाएका छन्।The opinion of this so-called judge, which essentially takes law-enforcement away from our country, is ridiculous and will be overturned!
— Donald J. Trump (@realDonaldTrump) February 4, 2017
ट्रम्पको आदेशले इराक, सिरिया, इरान, लिबिया, सोमालिया, सुडान र यमनबाट आउने कुनै पनि यात्रीहरुलाई अमेरिका प्रवेश गर्न रोक लागेको थियो। उनको आदेशले शरणार्थी स्वीकार गर्ने कार्यक्रम पनि १२० दिनको लागि निलम्बन भएको थियो भने सिरियाली शरणार्थीमाथि त अनिश्चितकालीन प्रतिबन्ध लगाइएको थियो।Because the ban was lifted by a judge, many very bad and dangerous people may be pouring into our country. A terrible decision
— Donald J. Trump (@realDonaldTrump) February 4, 2017