PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

महन्थ ठाकुरको चेतावनी : लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे अवस्था जटिल हुन्छ



पहिलोपोस्ट

महन्थ ठाकुरको चेतावनी : लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे अवस्था जटिल हुन्छ

काठमाडौं : तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन नगरी गरिने कुनै पनि चुनावमा मधेसी मोर्चाले भाग नलिने बताउँदै बलपूर्वक, लाठी र बन्दुक चलाएर चुनाव गर्न खोजे अवस्था जटिल हुने बताएका छन्।

राज्यले जनताका जायज मागलाई हिंसाद्वारा दबाउँदै आइरहेको आरोप लगाउँदै उनले राजनीतिक समस्याको समाधान राजनीतिक रुपमै हल गर्न सुझाव दिए।

उनले भने, 'संवैधानिक समस्याको समाधान पनि संवैधानिक रुपमै गर्नुपर्छ, अहिलेको समस्या राजनीतिक हो, त्यसैले यसको समाधान राजनीतिक रुपमै हुनुपर्छ।’

सरकारले सिके राउतलाई गरेको गिरफ्तारीका बारेमा प्रतिक्रिया दिँदै उनले भने, ‘गिरफ्तारी र हत्या गरेर समस्या समाधान हुँदैन।' 

रिपोर्टर्स क्लबमा आइतबार उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार पनि संविधान संशोधनमा उदासीन देखिएको आरोप लगाए। 

'यो सरकारले पनि आन्तरिक रुपमा फेरि धोका दिने हो कि भन्ने आशंका पैदा भएको छ, झुक्याउने हो कि ढाँट्ने हो भन्ने लागेको छ’, उनले भने। 

उनले स्थानीय तहको पूर्नसंरचनालाई लिएर सत्तारुढ दलभित्रै विवाद रहेको दाबी गरे। ‘सरकारमै विवाद देखियो, कसैले पुरानै अनुसार जाउँ भन्छन्, कसैले नयाँ अनुसार भन्छन्’ उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell