PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

बलिउडमा साथी नबन्नु नै सफलता: कङ्गना रनावत



पहिलोपोस्ट

बलिउडमा साथी नबन्नु नै सफलता: कङ्गना रनावत

एक दशक अघिबाट बलिउडमा अभिनय गरेकै कारण पहिचान बनाएकी नायिका हुन्- कङ्गना रनावत। फिल्म 'क्विन'  र 'तनु वेड्स मनु' मा गरेको अभिनयपछि कङ्गना रनावतले बलिउडमा बेग्लै हाइप लिइन। उनले फिल्मकै कारण दुई नेशनल अवार्ड पनि जितिन्। तर उनी हालसम्मको बलिउड यात्रामा आफ्नो एकजना पनि साथी नबन्नुलाई आफ्नो सफलता मान्छिन्।

उनले बिबिसी हिन्दीसँग कुरा गर्दै आफ्नो कोही खास साथी नबनेको अभिव्यक्ति दिएकी हुन्। भनिन्,'म सफल हुँ किनकी बलिउडमा मेरो कोही साथी छैनन्। साथी भयो भने एक अर्काको सफलतामा सम्बन्ध उल्झन्छ।'

मित्रतासम्मको सम्बन्ध ठिकै भए पनि फिल्म इन्डस्ट्रीमा प्रेम सम्बन्ध हुनु उनलाई असामान्य लाग्छ। 'म बलिउडमा मात्रै आफ्नो काम गर्छु', उनले भनिन्।

कङ्गनाको फिल्महरुले बक्स अफिसमा राम्रो प्रस्तुति दिएको छ। सफलताको स्वाद चाखेकी यी अभिनेत्रीले भने बलिउड मानसिकतामा अझै परिवर्तनको खाँचो महसुस गरेकी छिन्।

'महिला प्रधान फिल्म बनाएर महिला नै खेलाइन्छ तर महिलालाई पैसा दिइँदैन। तर पनि महिलाको सङ्घर्ष जारी छ। हामी आफ्नै लागि फिल्म बनाउँछौं', उनको तर्क यस्तो छ।

कङ्गना बलिउडमै काम गरेर फिल्म इन्डस्ट्रीको उत्थानमा योगदान दिनुमा विश्वास गर्छिन्। हलिउडमा काम गर्न जाने हरेक कलाकार त्यहाँका लागि पाहुना नै रहने गरेको उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell