A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.69954fd1aa5931.69290897): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.69954fd1aa5931.69290897,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.69954fd1aa95d6.89671601): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.69954fd1aa95d6.89671601,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएपछि लालसादेवीले बच्चा चोरिन्
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएपछि लालसादेवीले बच्चा चोरिन्



राधेश्याम पटेल

बिहे गरेको पाँच वर्षसम्म पनि सन्तान नभएपछि लालसादेवीले बच्चा चोरिन्

वीरगन्ज : बिहे गरेको पाँच वर्षसम्म पनि बच्चा नजन्मिएपछि लालसादेवीले नारायणी उपक्षेत्रीय अस्पतालबाट शिशु चोरेको प्रहरीले बताएको छ। घटनाबारे प्रहरीले पत्रकार सम्मेलन गरी थप जानकारी दिएको हो।
 
शिशु चोरी गर्ने पर्साको वीरगन्जबाट १२ किलोमिटर दुरीमा रहेको बेलवा गाविस-९ की २२ वर्षीया लालसादेवी कानुसँग बयान लिई प्रहरीले उनीबारे पत्रकार सम्मेलन गरेको हो। लालसादेवीको पाँच वर्षअघि पर्सामै विवाह भए पनि बच्चाको जन्म नभएको बुझिएको प्रहरीले जनाएको छ। उनी माइतीमै बस्दै आएकी थिइन्।
 
'आफ्नो बच्चा नभएकाले अरुको बच्चा चोरी गर्ने नियतले एक महिनादेखि अस्पताल परिसरमा ओहोरदोहोर गर्ने गरेको पत्ता लागेको छ,' मध्यक्षेत्रीय प्रहरी कार्यालय हेटौंडाका डिआइजी पशुपति उपाध्यायले भने।
 
हजुरआमा उमरावतीदेवी पासवानले बेरेकै कपडामा फेला पारिएको शिशु अहिले सोही अस्पतालमा उपचाररत छन्। तीन किलो तौल भएको र स्वास्थ्य अवस्था पनि सामान्य रहेको अस्पतालका बालचिकित्सक शैलेश ठाकुरले बताए।
 
शिशु चोरीको घटना अनुसन्धानका लागि अस्पतालका आठ स्वास्थ्यकर्मी प्रहरी नियन्त्रणमै छन्। अस्पतालमा हिजोदेखि सिसी क्यामेरा सक्रिय बनाइएको छ। बिरामी कुरुवा, आफन्त अपरिचितहरुलाई अस्पतालमा चेकजाँच गरी कडाइ गर्न थालिएको अस्पताका मेडिकल सुपरिटेन्डेन्ट डा चित्ररञ्जन साहले बताए।
 
शुक्रबार दिउँसो २ बजे वीरगन्ज-१ छपकैयाका मुकेश पासवानकी पत्नी आशादेवीले जन्माएको शिशु (छोरा) अस्पतालबाटै चोरी भएको थियो। अस्पतालको प्रसूति वार्डबाट एक महिलाले शिशुलाई चोरेर लगेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell