PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

संसद फागुन १० सम्मका लागि स्थगित, चालु अधिवेशन संसदीय इतिहासकै लामो



पहिलोपोस्ट

संसद फागुन १० सम्मका लागि स्थगित, चालु अधिवेशन संसदीय इतिहासकै लामो

काठमाडौं : व्यवस्थापिका संसद बैठक झन्डै तीन साताका लागि स्थगित भएको छ। संसदमा 'बिजनेस' नभएपछि फागुन १० गते सम्मका लागि संसद बैठक स्थगित भएको हो।
 
योसँगै चालु बजेट अधिवेशन अहिलेसम्मकै लामो हुने भएको छ। संविधान संशोधन र निर्वाचन सम्बन्धी सबै विधेयकहरु पारित हुन नसकेपछि चालु संसद अधिवेशन लम्बिएको हो।
 
चालु अधिवेशन २०७३ बैसाख २१ बाट सुरु भएको थियो। कात्तिक ४ गते नै अधिवेशन अन्त्य गर्ने तयारी गरिए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि कात्तिक ३ गते साँझ महाभियोग प्रस्ताव आएकाले लम्बिन पुग्यो।
 
यसपछि संविधान संशोधन प्रस्तावका कारण प्रमुख प्रतिपक्षी नेकपा एमालेले एक महिना संसद अवरुद्ध गर्‍यो। निर्वाचन कानुन निर्माणको प्रक्रियाले पनि केही समय लियो। निर्वाचन सम्बन्धी नौ वटा विधेयकमध्ये चार वटा मात्र पारित भएका छन्। अरु पेश नै हुन सकेका छैनन्। दुई विधेयक पारितपछि सरकारले नै संसदलाई 'बिजनेस' दिनुपर्ने हुन्छ। तर अहिले बिजनेस नै छैन।
 
यो नै संसदीय अभ्यासमा सबैभन्दा लामो अधिवेशन हुनेछ। यसअघि २०६८ बैसाख १९ बाट सुरु भई २०६८ फागुन ९ गेतसम्म १० महिना चलेको थियो।
 
निर्वाचन सम्बन्धी चार र न्याय प्रशासनका तीन विधेयक पारित गर्नुबाहेक जारी अधिवेशनमा संसदले अरु उल्लेखनीय काम गर्न सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell