PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

सिमरा गोल्डकप : सरस्वती युथ क्लबलाई सडनडेथमा पराजित गर्दै विजय युथ क्लब सेमिफाइनमा



पहिलोपोस्ट

काठमाडौं : हेटौंडाको विजय युथ क्लब आठौं सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

आइतबार भएको खेलमा डिफेन्डिङ च्याम्पियन विजय युथले काठमाडौंको सरस्वती युथ क्लबलाई सडनडेथमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा धकेलिएको थियो। पेनाल्टीमा पनि दुवैतर्फबाट बराबरी गोल भएपछि खेलको छिनोफानो सडनडेथबाट भएको हो।

सरस्वती उद्घाटन खेलमा आयोजक नव जनजागृती क्लबलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको थियो भने विजय युथले बाइ पाउँदै सिधै क्वाटरफाइनल खेलेको हो। 

गत संस्करणमा पनि विजय युथले क्वाटरफाइनलमा सरस्वती युथलाई नै हराएको थियो।

विजय युथले अब फाइनल प्रवेशका लागि काठमाडौंकै सिएमजी संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ। संकटा सशस्त्र प्रहरी बलको एपीएफलाई पराजित गर्दै सेमिफाइनल पुगेको हो।

प्रतियोगिता अन्तर्गत सोमबार काठमाडौंको हिमालयन शेर्पा क्लब र रुपन्देहीको रुपन्देही एघारबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell