PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

घामपानीको पहिलो गीत 'पन्छी' सार्वजनिक



पहिलोपोस्ट

घामपानीको पहिलो गीत 'पन्छी' सार्वजनिक

काठमाडौँ : नयाँवर्ष २०७४ रिलिज टार्गेट सहित पोस्ट प्रोडक्शनको काम थालेको फिल्म 'घामपानी'को पहिलो गीत सार्वजनिक भएको छ।

युट्युब मार्फत 'पन्छी' बोलको गीत सार्वजनिक भएको हो। जातीय विभेदका कारण पारिवारिक साथै सामाजिक सम्बन्धमा पर्ने असरको कथा हो 'घामपानी'। एउटा गाउँका दुई फरक जातका युवा युवती एकअर्कालाई प्रेम गर्छन्। उनीहरुको प्रेमका कारण दुवैको परिवारिक सम्बन्धमा विभिन्न उतारचढाव आउँछ। जसका कारण ती फरक जातका युवायुवतीले आफ्नो प्रेम सफल बनाउन गरेको संघर्षको कथा घामपानीमा समेटिएको छ।  पंक्षी बोलको पहिलो गीतमा पनि फिल्मको मुख्य कथालाई केन्द्रमा राखिएको छ।

जहाँ अन्तरजातिय प्रेममा परेका दुई पात्र देखिन्छन्। फिल्मको कथा लेखन तथा निर्देशन रङ्ग पत्रकार एवं समिक्षक दीपेन्द्र लामाले गरेका हुन्। चलचित्रमा कलाकारहरु दयाहाङ राई, केकी अधिकारी, अंकित खड्का, सिल्सा जिरेल, बुद्दी तामाङ, अरुणा कार्की लगायत कलाकारको मुख्य भूमिका छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell