PahiloPost

May 4, 2025 | २१ बैशाख २०८२

यी ठाउँका उपभोक्ताले मात्रै पाउनेछन् मेलम्चीको पानी



पहिलोपोस्ट

यी ठाउँका उपभोक्ताले मात्रै पाउनेछन् मेलम्चीको पानी

काठमाडौं : मेलम्चीको पानी सबैले पाउने छैनन्। पहिलो चरणमा पानी पाउने भाग्यमानी चक्रपथ भित्रका ६० प्रतिशत मात्रै हुनेछन्। चक्रपथ बाहिरका र भित्रका बाँकी रहेका क्रमश पानी पाउनेछन्।
 

पहिलो चरणमा पानी पाउने ठाउँहरु 

१ नारायणहिटी, प्रहरी हेडक्वाटर, कमलपोखरी, सिंहदरवार, थापाथली, टेकु र न्युरोड
 
२ भाटभटेनी, हाँडीगाउँ, कालोपुल, गौशाला, सिनामंगल, पुरानोबानेश्वर, मैतीदेवी र पुतलीसडक
 
३ तिलगँगा, सिनामंगल, भिमसेनगोला, नयाँबानेश्वर, बिजुलीबजार र सेतोपुल
 
४ सिंहदरवार, अनामनगर, बबरमहल, थापाथली चोक र माईतीघर
 
५ बागमती पुल, चाकुपाट, मनहरा पुल, ग्वार्को, पाटन दरवार र पुल्चोक
 
६ पुल्चोक, एकान्तकुना, सातदोबाटो र ग्वार्को
 
७ नयाँ सडक, हनुमानढोका, महादेभ स्थान, क्षेत्रपाटी, नयाँबजार, सोह्रखुट्टे र ठमेल
 
८ कुपन्डोल, हरिहरभवन, जावलाखेल, एकान्तकुना, सानेपा र टेकुदोभान
 
९  तीनकुने, कोटेश्वर, जडिबुटी, नरेफाँट, बालकुमारी पुल, शंखमुल दोभान र महादेवस्थान
 
१० बनस्थली, शोभाभगवती र बिजेश्वरी
 
११ कलंकी, सोल्टीमोड, कालीमाटी, टेकुदोभान, कुलेश्वर र बल्खु
 
चक्रपथ भित्र पर्ने चावहिलचोक देखि महाराजगंञ्ज हुँदै नयाँबसपार्क आसपासका क्षेत्रमा भने पहिलो चरणमा पानी पाउने छैनन्।
 

कसरी जोडिन्छन् धारा

पहिला धारा जोड्दा एउटै पाईपमा धेरै धाराहरु जोडिएका थिए। खानेपानीको विल तिरेको समेत जानकारी हुदैन्थ्यो।धेरैले यसैलार्इ मौकाको रुपमा हेरेर लामो अवधिसम्म महशुल तिरेनन्।
 
तर अब भने प्रत्येक घरको अलगै लाईन हुनेछ। काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रबन्धक तथा प्राविधिक विभाग प्रमुख तिलकमोहन भण्डारीका अनुसार महशुल नतिरेको जानकारी हुने र महशुल नतिर्ने वित्तिकै खानेपानी दिन बन्द गरिने जानकारी दिए।
 
एउटैमा धेरै घरमा पानी वितरण हुँदा समस्या हुन्थ्यो। मेलम्ची आएपछि ९ वटा ट्यांकीबाट एकै ठाउँमा ८ घण्टा सम्म पानी वितरण हुनेछ।पानी आउँदा धेरैका लागि मोटर लगाउनुपर्ने अवस्थाको अन्त्य हुनेछ। 
 
मेलम्चीको पानी दैनिक कम्तिमा १७ करोड लिटर दशैसम्म ल्याउनेगरी काम भइरहेको छ।अहिले उपत्यकामा पाइपलाइनको काम भइरहेको छ।
वर्षौ देखि खानेपानीको महशुल नतिर्नेहरु मेलम्चीको पानी आउनेभएपछि तिर्न आउन थालेका छन्।केयुकेएलले महशुल नतिर्नेलार्इ मेलम्चीको पानी नदिने जानकारी गराएपछि महशुल तिर्ने क्रम बढेको हो।
 

महशुल बढ्दै

केयुकेएलले खानेपानीको महशुल पनि बृद्धि गर्ने भएको छ। यस अघि १० युनिट सम्मको मासिक एक सय रुपैयाँ तिर्दै आएकोमा अव भने २५ देखि ३० प्रतिशत सम्म बढेर न्युनतम दर लागु हुने भण्डारीले बताए। यस अघि १० हजार लिटर सम्मको एक सय रुपैयाँ र त्यो भन्दा माथी प्रति एक हजार लिटर बराबर ३२ रुपैयाँ तिर्नुपर्थ्यो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell