PahiloPost

Mar 12, 2026 | २८ फागुन २०८२

​धादिङमा माइक्रो दुर्घटनामा सात बर्षीय बालकको मृत्यु



रासस

मलेखु (धादिङ) : पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–१ धार्केमा आइतवार साँझ माइक्रोबस दुर्घटनामा परी गोरखा घर भएका सात वर्षीय सुजन थापाको मृत्यु भएको छ। दुर्घटनामा १२ यात्रु घाइते भएका छन्। 

काठमाडौँबाट गोरखा जाँदै गरेको बा२ख ३७१४ नंको माइक्रोबस र ना५ख २९२० नंको ट्रक एकआपसमा ठोक्किएर सो दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ। थापाको उपचारका क्रममा मृत्यु भएको हो। 

दुर्घटनामा गम्भीर घाइते भएका तीन जनाको ललितपुरस्थित गणेशमान महालक्ष्मी अस्पताल तथा अन्यको धार्केस्थित शिवदर्शन अस्पतालमा उपचार भइरहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell