PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

धनगढीमा जनता बैंकको शाखारहित बैंकिङ सेवा



पहिलोपोस्ट

धनगढी : जनता बैंक नेपाल लिमिटेडले ‘युके एड सक्षम एक्सेस टू फाइनान्स’सँगको सहकार्यमा कैलाली जिल्लाको चार स्थानबाट शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ। जिल्लाको चौमाला, पहलमानपुर र मसुरिया गाविसका चार स्थानबाट शाखारहित बैंकिङ सेवासञ्चालनमा ल्याइएको बैंकले जनाएको छ। 

नेपाल राष्ट्र बैंक धनगढीका निर्देशक विश्रुत थापा र युके एड सक्षम एक्सिस टू फाइनान्सका प्रशन्न केसीले संयुक्त रुपमा बैंकिङ सेवाको उदघाटन गरे। 

शाखारहित बैंकिङ सेवाको सुरुवातले ग्रामीण क्षेत्रमा रहेका स्थानीय बासिन्दाले वित्तीय सेवा सहज सरल रुपमा लिन पाउने विश्वास गरिएको छ। बैंकले  कृषि क्षेत्रलगायत अन्य स–साना कर्जा उपलब्ध गराउने जनाइएको छ। 

बैंकले सक्षम एक्सेस टू फाइनान्स कार्यक्रमकोे सहकार्यमा आगामी दुई वर्ष भित्रमा कैलाली जिल्लामा थप ६ वटासहित देशका विभिन्न भागमा गरी जम्मा ५० वटा शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने लक्ष्य राखेको छ। हालसम्म उक्त बैंकका ४२ शाखा र १८ शाखारहित सेवा केन्द्रबाट वित्तीय सेवा प्रदान भइरहेको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell