PahiloPost

May 11, 2025 | २८ बैशाख २०८२

अवैध रकम लिने प्रक्रिया बन्द नभए चैत १ देखि मलेसियाका लागि कामदार नपठाउन संघको माग



रासस

काठमाडौँ : नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले मलेसिया जाने नेपाली कामदारबाट अवैध रुपमा विभिन्न संस्थाले उठाउँदै आएको रकम लिन बन्द नगरे सो देशमा कामदार पठाउन रोक लगाउनुपर्ने माग गरेको छ।
 
सङ्घले माइग्राम, ओएससी, आइएससी, बायोमेट्रिक प्रणालीलगायतका नाममा लिइँदै आएको रकम फागुन २५ गते हटाउन मलेसियाको सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने र सो नहटाएमा आगामी चैत १ गतेदेखि मलेसियामा कामदार पठाउन रोक लगाउनुपर्ने मागसहितको ज्ञापनपत्र श्रम तथा रोजगारमन्त्री सूर्यमान गुरुङलाई बुझाएको छ।
 
अवैध रकम उठाउने ती संस्था बन्द नगरिए वैदेशिक रोजगार विभाग, काठमाडौँ कार्यालयबाट दिइने पूर्व र अन्तिम श्रम स्वीकृति बन्द गरिनुपर्ने ज्ञापनपत्रमा उल्लेख छ।
 
मलेसिया जाने कामदारबाट संस्थाले प्रति कामदार थप रु १७ हजार ५०० अतिरिक्त रकम उठाउँदै आएका छन्। संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले दुई महिनाअघि नै माइग्राम, ओएसीलगायत संस्थाले कामदारबाट अवैध रुपमा रकम उठाइरहेको भन्दै ती संस्थालाई कारबाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell