PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

महोत्तरीमा पाँच महिनापछि १८ लाख मूल्यको औषधि आयो



रासस

महोत्तरीमा पाँच महिनापछि १८ लाख मूल्यको औषधि आयो

गौशाला : महिनौँदेखि औषधि अभाव रहेको महोत्तरी जिल्लामा औषधि आएको छ।
 
जिल्ला स्वास्थ्य प्रमुख डा. मनिष पाण्डेका अनुसार महोत्तरी जिल्लाको जिल्ला अस्पतालसहित विभिन्न अस्पताल, स्वास्थ्यचौकी, उपस्वास्थ्यचौकी र स्वास्थ्य केन्द्रका लागि रु १८ लाखभन्दा बढीको औषधि आएको छ।
 
डा. पाण्डेले प्राप्त औषधिले अब जिल्लाको विभिन्न स्वास्थ्य संस्थालाई आउँदो तीन महिनासम्म पुग्ने तथा थप औषधि आपूर्तिका लागि आफूहरु पुनः प्रयासरत रहेको र चाँडै आउने बताए। जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा पाँच महिनादेखि औषधिको अभाव रहेको थियो।
 
साथै प्राप्त औषधिहरु माघको अन्तिमसम्म जिल्लाको प्रत्येक स्वास्थ्य संस्थामा पुगिसक्ने र सेवाग्राहीले अब थप समस्या झेल्नु नपर्ने डा. पाण्डेले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell