PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

प्रिमियर लिग : जेससको दुई गोलमा म्यान सिटीको जित, युनाइेटडले लेस्टरलाई हरायो



पहिलोपोस्ट

प्रिमियर लिग : जेससको दुई गोलमा म्यान सिटीको जित, युनाइेटडले लेस्टरलाई हरायो

प्रिमियर लिग अन्तर्गत सोमबार भएको खेलमा दुवै म्यानचेष्टर क्लबले जित हात पार्दै महत्वपूर्ण ३ अंक जोडेका छन्।

ब्राजिलियन युवा स्टार गाब्रिएल जेससले दुई गोल गरेपछि म्यानचेष्टर सिटीले स्वान्सी सिटीलाई २-१ ले पराजित गर्‌यो। 

जेससले इन्जुरी टाइमको तेस्रो मिनेटमा विजयी गोल गरे। यसअघि खेलको ११ औं मिनेटमा पहिलो गोल गर्दै उनले सिटीलाई अग्रता दिलाए। ८१ औं मिनेटमा स्वान्सीका गिल्फी सिगुरसनले गोल गरेपछि खेल १-१ को बराबरीमा पुगयो। तर जेससले इन्जुरी टाइममा व्यक्रिगत दोस्रो गोल गर्दै सिटीलाई जित दिलाए।

जितपछि २४ खेलबाट ४९ अंक जोडेको म्यानचेष्टर सिटी आर्सनललाई पछि पार्दै अंक तालिकोको तेस्रो स्थानमा उक्लेको छ। समान खेलबाटठ ५९ अंक जोडेको चेलसी शीर्ष स्थानमा छ भने ५० अंक जोडेको टोटनहम दोस्रोमा छ।

४७ अंक रहेको आर्सनल चौथोमा झरेको छ भने ४६ अंक रहेको लिभरपुल पाँचौंमा छ। 

यस्तै साविक विजेता लेस्टर सिटीलाई उसैको मैदान ३-० ले हराउँदै युनाइटेडले पनि आर्सनल र लिभरपुलसँग अंक दुरी छोट्टाएको छ। यसअघि आर्सनल र लिभरपुल दुवै पराजित भएका थिए। त्यसको फाइदा उठाएको युनाइटेडको जितपछि ४५ अंक भएको छ। युनाइटेडले सातौं स्थानको एभरटन माथि पनि ५ अंकको स्पष्ट अग्रता कायम गरेको छ।

४२ औं मिनेटसम्म लेस्टर युनाइेटडलाई गोल गर्न नदिएपछि दुई मिनेटको अन्तरमा दुई गोल गर्दै युनाइेटडले पहिलो आफमै अग्रता दोब्बर पारेको थियो। 

४२ औं मिनेटमा हेनरिख मिखातर्यानले गोल गरे भने ४४ औं मिनेटमा ज्लाटन इब्राहिमोभिचले गोल गर्दै अग्रता दोब्बर पारे। दोस्रो हाफ सुरु भएको चौथो मिनेटमै हुँवा माटाले मिखातर्यानको पासमा गोल गर्दै युनाइेडलाई शानदार जित दिलाए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell