PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

९ वर्षपछि इजिप्टसँग बदला लिँदै क्यामरुन बन्यो अफ्रिकन च्याम्पियन



पहिलोपोस्ट

९ वर्षपछि इजिप्टसँग बदला लिँदै क्यामरुन बन्यो अफ्रिकन च्याम्पियन

अफ्रिकन कप अफ नेसन्स अफकनको उपाधि क्यामरुनले जितेको छ। आइतबार गावोनमा समपन्न फाइनलमा क्यामरुनले सर्वाधिक ७ पटकको विजेता इजिप्टलाई २-१ ले पराजित गर्दै पाँचौं पटक उपाधि जितेको हो।

उपाधिसँगै क्यामरुनले इजिप्टपछि सर्वाधिक अफकन उपाधि जित्ने दोस्रो राष्ट्र बनेको छ। यस्तै घानाले ४ पटक उपाधि जितेको छ।

एक गोलले पछि परेको स्थिती उल्टाउँदै क्यामरुनले उत्कृष्ट कमब्याक गर्दै २ गोल गर्यो। 

खेलको २२ औं मिनेटमा मोहम्मद एल्नेले गोल गर्दै इजिप्टलाई अग्रता दिलाए। तर इजिप्टले त्यसलाई कायम राख्न सकेन। पहिलो हाफमा एक गोलले पछि परेको क्यामरुनले दोस्रो हाफमा २ गोल फर्कायो।

निकोलस एनकोउलोउले ५८ औं मिनेटमा बराबरी गोल गरे। सब्सिच्युट भिसेन्ट अबाउबाकरले खेल सकिन २ मिनेट अगाडी गोल गर्दै क्यामरुनलाई २-१ को जित दिलाए। 

जितसँगै क्यामरुनले सन् २००८ मा घानामा भएको फाइनलमा बेहोरेको हारको बदला समेत लिएको छ।

यस्तै क्यामरुनका २१ वर्षिय क्रिस्टियन बासोगोग मोस्ट भ्यालुएबल प्लेअर अफ दी टुर्नामेन्ट घोषित भएका छन्। 

३ गोल गरेको डिआर कंगोका जुनियर कावानान्गाले सर्वाधिक गोलकर्ताको अवार्डपाए भने फियर प्लेको अवार्ड इजिप्टले पायो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell