PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

'सैराट'का निर्देशकको मराठी फिल्ममा देखिनेछन् अमिताभ बच्चन



पहिलोपोस्ट

'सैराट'का निर्देशकको मराठी फिल्ममा देखिनेछन् अमिताभ बच्चन

'पिकु' र 'पिंक'को दमदार अभिनयपछि बलिउड अभिनेता अमिताभ बच्चन अब मराठी फिल्ममा देखिने भएका छन्। 'सैराट'का निर्देशक नागराज मन्जुलेको आगामी फिल्ममा उनी प्रमुख भूमिकामा देखिने भएका हुन्।

'सैराट'को सफलतापछि नागराजले आगामी फिल्म पनि मराठीमा नै बनाउने धेरैको अनुमान थियो। धेरैले साेचेका थिए कि उनले 'सैराट'को हिन्दी रिमेक बनाउने छन्। तर अब उनले आफ्ना सबै योजना बदलेका छन्।

अमिताभसित फिल्म गर्नेबारे औपचारिक सम्झौता भने भएको छैन। यसबारे चाँडै घोषणा हुने र फिल्मबारे थप जानकारी चाँडै दिइने बताइएको छ। अहिले भने फिल्मको स्क्रिप्ट बनाउने काम भइरहेको  छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell