
ला लिगा अन्तर्गत आइतबार भएको खेलमा तेस्रो स्थानको सेभिया भियारियालसँग गोलरहित बराबरीमा रोकिएको छ।
समिर नास्रीले पेनाल्टीलाई गोलमा परियात गर्न नसक्दा सेभिया बराबरीमै चित्त बुझाउन बाध्य भयो।
४८ औं मिनेटमा भियारियलका मारियो गास्परले भिटोलोलाई डि एरियामा पल गरेपछि सेभियाले पेनाल्टीको अवसर प्राप्त गरेको थियो। तर नास्रीले प्रहार गरेको पेनाल्टी भियारियलका गोलरक्षक सर्जियो असेन्जोले बचाउ गरे।
बराबरीपछि सभेयिाले दोस्रो स्थानको बार्सिलोनासँग अंक बराबरी गर्ने मौका गुमाएको छ। २१ खेलबाट ४३ अंक जोडेको सेभिया तेस्रो स्थानमा यथावत छ, जुन शीर्ष स्थानको रियल मड्रिड भन्दा ३ अंकले पछि हो। रियलले सेभिया र बार्सिलोना भन्दा २ खेल कम खेलेको छ।
यस्तै बराबरीपछि २१ खेलबाट ३५ अंक जोडेको भियारियाल छैटौं स्थानमा यथावत छ।
ला लिगाकै अनय खेलमा रियल सोसिडाडले ओसासुनालाई ३-२ तथा अलाभेजले स्पोर्टिङ गिहोनलाई ४-२ ले पराजित गरेको छ। जितपछि २१ खेलबाट ५८ अंक जोडेको सोसिडाड पाँचौं स्थानमा कायमै छ।