PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

'कृ'को लागि अनुबन्धित अदिती बुढाथोकी पञ्जाबी म्युजिक भिडियोमा



पहिलोपोस्ट

'कृ'को लागि अनुबन्धित अदिती बुढाथोकी पञ्जाबी म्युजिक भिडियोमा

काठमाडौं: फिल्म 'कृ' मार्फत नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गर्न लागेकी कलाकार अदिती बुढाथोकी एक पञ्जाबी गीतको भिडियोमा देखिएकी छिन्। गायक संदिप ब्रारको 'स्टेप कट' बोलको गीतमा उनको फिचरिङ रहेको हो।

उनी अभिनित पञ्जाबी गीतमा शब्द दिएका शिवजोत अदितीको अपोजिटमा देखिएका छन्। उनले सोनी म्युजिकले निर्माण गर्न लागेको तीन हिन्दी गीतको भिडियोको लागि पनि सम्झौता गरिसकेकी छिन्।

मोडलिङबाट कलाक्षेत्र प्रवेश गरेकी अदिती हाल मुम्बईमा बस्दै आएकी छिन्। त्यहाँको मेजोरा टेलरमा उनी आवद्द छिन्। तामिल फिल्मका लागि पनि अनुबन्धित बुढाथोकी कृ छायाँकनका लागि नेपाल आउने छिन्। यही माघबाट फिल्म सुटिङको लागि फ्लोरमा उत्रने भनिए पनि प्राविधिक समस्याका कारण छायांकन सुरु भएको छैन।

अडिसनमार्फत २९ प्रतिस्पर्धीलाई पछि पार्दै अदिती फिल्मकी नायिका चयन भएकी हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell