PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

मास्कमाण्डू कि डस्टमाण्डू : धुलाम्मे काठमाण्डूका १० दृश्य

मास्कमाण्डू कि डस्टमाण्डू : धुलाम्मे काठमाण्डूका १० दृश्य

पहिलोपोस्ट /पहिलोपोस्ट


  • समर्थ रञ्जित
काठमाडौं : बर्खामा हिलो, हिउँदमा धुलो। राजधानीको अर्को विशेषता बनिसकेको छ। सडक विस्तारका कारण बनेका खाल्डाखुल्डी, धुलो, वर्षौं पुराना गाडीबाट निस्कने धुवाँ, विभिन्न कारखानाबाट उत्पन्न विषाक्त धुवाँले प्रदूषण बढाइरहेको छ।
 
सडक विस्तारसँगै मेलम्चीको खानेपानी ल्याउन पाइप विस्तारका लागि सडक खनिएका छन् यतिबेला। खाल्डाखुल्डी र उबडखाबड सडकमा सवारीको चाप उत्तिकै बढेको छ।
 
हिउँदको मौसम छ। दिउँसो धुलो उडेर हिँडिसक्नु हुँदैन। मास्क लगाएर हिँडे पनि धुलोका मसिना कणहरु नाक-मुखभित्र छिरिहाल्छन्। यसकारण काठमाण्डू 'डस्टमाण्डू' वा 'मास्कमाण्डू'मा बदलिँदैछ।
 
चिकित्सकहरुका अनुसार वायु प्रदूषणका कारण मतिष्कघात, मुटुको रोग, फोक्सोको क्यान्सर लगायतका नसर्ने रोगको जोखिम बढ्छ। विकास निर्माणका क्रममा प्रदूषणलाई कम गर्ने उपाय अपनाए सहरको सुन्दरता मैलिने थिएन। 


ट्रेन्डिङ पोस्ट

Ncell