PahiloPost

Jan 19, 2025 | ६ माघ २०८१

सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढी, साइबर अपराधसम्बन्धी ५६० उजुरी



रासस

सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढी, साइबर अपराधसम्बन्धी ५६० उजुरी

काठमाडौँ : महानगरीय प्रहरी अपराध महाशाखामा चालु आर्थिक वर्षको ६ महिनामा साइबर अपराधसम्बन्धी ५६० उजुरी दर्ता भएका छन्।

पछिल्लो समय फेसबुक, ट्विटर, भाइबर, अनलाइनलगायतका सामाजिक सञ्जालमार्फत अपराध गर्नेको सङ्ख्या बढेको महाशाखाले जनाएको छ।

महाशाखाका प्रहरी नायब उपरीक्षक पशुपति रायले प्रविधिको विकाससँगै साइबर अपराधको घटनामा वृद्धि आएको बताए। उनले भने, 'गत आवमा ८३० उजुरी महाशाखामा परे पनि यो चालु आवको ६ महिनामा नै ५६० उजुरी दर्ता भएको छ।'

महाशाखामा उजुरी दर्ता भएमध्ये ११ घटनाको मुद्दा चलाएको रायले जानकारी दिए। त्यसमध्ये सामाजिक सञ्जालमार्फत अपराध गर्ने ११, एटिएममार्फत ठगी गर्ने एक र अनलाइन चिठ्ठा पर्‍यो भनी ठगी गर्ने एक घटना रहेका छन्। महाशाखाले गत आवमा १७ घटनाको मुद्दा चलाएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell