PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

'आदेश नमानेको' भन्दै निजी स्कुलका प्रिन्सिपलबाटै विद्यार्थी निर्घात पिटिए



पहिलोपोस्ट

'आदेश नमानेको' भन्दै निजी स्कुलका प्रिन्सिपलबाटै विद्यार्थी निर्घात पिटिए

काठमाडौं : आफूले दिएको आदेश नमानेको भन्दै काठमाडौंमा रहेको निजी विद्यालयका प्रिन्सिपलले एक विद्यार्थीलाई निर्घात कुटपिट गरेका छन्।
 
काठमाडौंको धुम्बाराहीमा रहेको लुम्बिनी बिगनर्स बोर्डिङ स्कुलका प्रिन्सिल सुरेश यादवले ९ कक्षाका विद्यार्थी सुदिप दाहाललाई कुटपिट गरेका हुन्। प्रिन्सिल यादवको कुटाइका कारणबाट उनी घाइते भएका छन्। उनको कम्मरदेखि तल विभिन्न भागमा निलडाम छ।
 
आइतबार प्रार्थनालाइनमा बसेको बेला यादवले उनलाई प्लास्टिकको पाइपले कुटेका थिए। कुटपिटपछि उनलाई ज्वरो आएको बुवा धनहरि दाहालले बताए। 'रातभरि ज्वरो आएकाले आज ऊ स्कुल जान सकेन,' उनले भने।
 
अभिभावकसँग प्रिन्सिपल यादवले आफूले अह्राएको काम नटेरेकाले कुटेको स्विकारेका छन्। आगामी दिनमा यस्तो घटना नदोहोर्‍याउने बताउँदै माफी मागेको पीडितका बुबा दाहालले बताए।
 
प्रिन्सिपल यादवलाई पटकपटक फोन गर्दा उनीसँग सम्पर्क हुन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell