PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

प्रेमीको एसिड प्रहारबाट घाइते प्रेमिकाको उपचारकै क्रममा मृत्यु



पहिलोपोस्ट

काठमाडौं : योजनाबद्ध रुपमा एसिड प्रहारबाट घाइते एक युवतीको उपचारकै क्रममा मृत्यु भएको छ।
 
नवलपरासी गैंडाकोट-५ की २७ वर्षीया तुलसा सापकोटाको उपचारको क्रममा भैरहवामा मृत्यु भएको हो। उनलाई धादिङ नौबिसे-१ बस्ने २८ वर्षीय प्रेमी सुनिल कोइरालाले आइतबार राति करिब १२ बजे एसिड हानेका थिए। अभियुक्तलाई प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउपछि सुनिलले एसिड प्रहार गरेको स्विकार गरेको इलाका प्रहरी कार्यलय बुटवलका डिएसपी मुकुन्द मरासिनीले बताए। मरासिनीका अनुसार प्रेममा धोका दिएको कारण एसिड प्रहार गरेको उनले बयान दिएका छन्।
 
प्रेममा धोका दिएपछि हत्या गर्ने उद्देश्यले पूर्वतयारी अनुसार नै एसिड लिएर गएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। घटनाको प्रकृति हेर्दा पहिले नै साथमा एसिड लिएर गएको देखिएको डिएसपी मरासिनीले बताएका छन्।

यसरी भयो घटना 

आइतबार बेलुका बुटवलमा रहेको मेरिडियन होटलमा सुनिल, तुलसा र तुलसाकी सानीमा बास बसेका थिए। केही समयदेखि प्रेम सम्बन्धमा रहेका सुनिल र तुलसा होटलको एउटै कोठामा सुते भने तुलसाकी सानिमा नजिकैको १०४ नम्बर कोठामा गएर सुतिन्।
 
रातको १२ बजेतिर कोठाबाट एक्कासि चिच्याएको आवाज आएपछि कर्मचारी पुगेर हेर्दा तुलसाको अनुहार जलिरहेको थियो। त्यही बेला भाग्न खोजेका सुनिललाई पक्राउ तिनै कर्मचारीले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेका थिए।
 
केही बेरमै होटल पुगेको प्रहरीले सुनिललाई पक्राउ गर्‍यो। एसिडले जलेकी तुलसालाई अस्पताल पुर्‍याइयो। उपचारकै क्रममा भैरहवास्थित युनिभर्सल शिक्षण अस्पतालमा आज दिउँसो मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell