PahiloPost

May 24, 2026 | १० जेठ २०८३

आगलागी हुँदा जलेर वृद्धको मृत्यु



रासस

इलाम : इलामको चिसापानी गाविसमा गएराति आगलागी हुँदा एक वृद्धको जलेर मृत्यु भएको छ।

चिसापानी–५ का ९८ वर्षीय जसबहादुर राईको आगलागीमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुशीलकुमार यादवले जानकारी दिए।
 
घरमा कोही नभएको बेला राति अचानक आगलागी हुँदा वृद्धको जलेर मृत्यु भएको हो। मृतक राईको शव परीक्षणका लागि इलाम अस्पताल ल्याइने प्रहरीले जनाएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell