PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

अनलाइन बन्द गराइएको प्रति महासंघ र अनलाइन पत्रकार स‌ंघको ध्यानाकर्षण



पहिलोपोस्ट

काठमाडौं : केही दिनयता पत्रकार तथा सञ्चारमाध्यममाथि भएको धम्की तथा प्रहरी हस्तक्षेपप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
 
महासंघले सोमबार विज्ञप्ति जारी गरी स्वतन्त्र प्रेस तथा पत्रकारितामाथिको धम्की र सञ्चारमाध्यमाथिको नियन्त्रणले स्वतन्त्र पत्रकारितामाथि नै हस्तक्षेप हुन जाने उल्लेख गरेको छ। दोषीमाथि कडा कारबाहीको माग गर्दै महासंघले बन्द गरिएका सञ्चारमाध्यम सुचारु गर्न र सहज रुपमा पत्रकारिता गर्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग माग गरेको छ।
 
समाचारकै विषयलाई लिएर केही दिनयता न्यूजसेवा डटकम, दियोपोस्ट डटकम, आर्थिक न्युज डटकम लगायतका केही अनलाइन बन्द गरिएको जानकारी आएकाले सम्बन्धित निकायलाई ध्यानाकर्षण गराइएको महासंघका अध्यक्ष डा. महेन्द्र बिष्टले बताए। 'संवैधानिक ग्यारेन्टी भएकाले कुनै पनि सञ्चारमाध्यमलाई समाचारको आधारमै नै बन्द गराउन पाइँदैन,' उनले भने।

यसैगरी अनलाइन पत्रकार स‌ंघले विज्ञप्तिमार्फत संविधानले ग्यारेन्टी गरेको निर्बाध सञ्चार माध्यम सञ्चालन गर्ने अधिकार र प्रेस तथा अभिव्यक्ति स्वन्त्रताको विश्वव्यापी मान्यता विरुद्धको घटनाको निन्दा गरेको छ।

स‌ंघका अध्यक्ष प्रवेश सुवेदीद्धारा जारी विज्ञप्तीमा समाचारको विषयमा प्रचलित प्रेस कानुन र नियमनको बाटो अवलम्बन गर्न सरोकारवालासँग आग्रह गर्दै सञ्चार माध्यममाथिको अवरोध तत्काल खुल्ला गर्न माग गरेको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell