PahiloPost

Mar 22, 2026 | ८ चैत्र २०८२

आमिर खानको नयाँ प्रोजेक्ट 'थग्स अफ हिन्दोस्तान', मेबाट सुटिङ सुरु



पहिलोपोस्ट

आमिर खानको नयाँ प्रोजेक्ट 'थग्स अफ हिन्दोस्तान', मेबाट सुटिङ सुरु

दंगलको सफलतापछि आमिर खानको नयाँ प्रोजेक्टको छायाँकन सुरु हुने भएको छ। विजय कृष्ण आचार्यको निर्देशनमा बन्ने फिल्म 'थग्स अफ हिन्दोस्तान' आउँदो मेबाट सुटिङमा जान सक्ने बलिउड हंगामाले जनाएको हो। यसअघि 'धुम ३'मा आमिर र निर्देशक आचार्यले एकसाथ काम गरेका थिए।

फिल्ममा आमिर हिन्दूस्तानी लुक्समा देखिदै छन् जसका लागि आमिरले तयारी पनि सुरु गरिसके। फिल्ममा आमिरसँगै अमिताभ बच्चनको पनि अभिनय रहनेछ।

२०१७को दिवालीलाई रिलिज टार्गेट गरेर फ्लोरमा उत्रने भनिएको फिल्मका लागि अभिनेत्री भने अझै निश्चित भएकी छैनन्। लिड अभिनेत्रीका लागि दिपिका पादुकोणलाई अफर गरेको यशराज फिल्मसले जनाएको छ। यसअघि बानी कपूरको अभिनय रहने भनिए पनि उनले फिल्म नगर्ने निर्णय लिएको खबर टाइम्स अफ इन्डियाले जनाएको थियो।

फिल्म थग्स अफ हिन्दोस्तानलाई आदित्य चोपडाले निर्माण गर्दैछन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell