PahiloPost

Jul 10, 2025 | २६ असार २०८२

सिमरा गोल्डकप : रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा



पहिलोपोस्ट

सिमरा गोल्डकप : रुपन्देहीलाई हराउँदै हिमालयन शेर्पा सेमिफाइनलमा

सिमरा : ए डिभिजन क्लब हिमालयन शेर्पा क्लब सिमरामा भइरहेको आठौं रुस्लान सिमरा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

सोमबार भएको खेलमा रुपन्देही एघारालाई १-० ले पराजित गर्दै  हिमालयनले अन्तिम चारमा स्थान बनाएको हो।

सिमरा रंगशालमा भएको खेलमा हिमालयन शेर्पालाई जित दिलाउन ५२ औं मिनेटमा निशाल लिम्बुले गरेको गोल नै निर्णायक बन्यो। हेमन गुरुङले उपलब्ध गराएको पासमा निशालले गोल गरेका थिए।

हिमालयन शेर्पाले अब सेमिफाइनलमा वीरगन्ज युनाइटेड र नेपाल आर्मीकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। वीरगन्ज र आर्मीबीको अन्तिम क्वाटरफाइनल खेल मंगलबानर हुनेछ।

यसअघि नै हेटौंडाको विजय युथ क्लब र सिएमजी संकटा सेमिफाइनलमा प्रवेश गरिसकेका छन्।

(फोटो : गोलनेपाल डट कम)



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell