PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

झापा गोल्डकप : मनाङले जित्यो सिजनको तेस्रो उपाधि, आयोजक झापा लगातार दोस्रो पटक उपविजेता



पहिलोपोस्ट

झापा गोल्डकप : मनाङले जित्यो सिजनको तेस्रो उपाधि, आयोजक झापा लगातार दोस्रो पटक उपविजेता

झापा : मनाङ मर्स्याङदी क्लबले आयोजक झापा एघारलाई हराउँदै दोस्रो संस्करणको झापा गोल्डकपको उपाधि जितेको छ।

सोमबार डोमालाल रंगशालामा भएको फाइनल खेलमा मनाङले झापालाई १-० गोल अन्तरले पराजित गरेको हो। मनाङलाई सिजनको तेस्रो उपाधि जिताउनको लागि विदेशी खेलाडी ओलावाले अफिजले ६३ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।

घरेलु टोली झापाले त्यसपछि बराबरी गोल गर्ने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा लगातार दोस्रो पटक उपविजेतामै चित्त बुझाउनु पर्‌यो।

झापालाघ हराउँदै च्याम्पियन बनेपछि मनाङले मोफसलको सर्वाधिक नगद पुरस्कार राशी ७ लाख हात पार्न सफल भएको छ।

फाइनलसम्म पुग्न क्रमम कुनै पनि गोल नखाएको झापाले मनाङ विरुद्व भने गोल गर्न सकेन। शेर फुटबल क्लब, सुदूरपश्चिम एघारर हिमालयन शेर्पालाई हराउँदै फाइनल पुग्ने क्रममा झापाले १३ गोल गर्दा कुनै गोल बेहोरेको थिएन।

मनाङले क्वाटरफाइनलमा एनआरटी र सेमिफाइनलमा नेपाल आर्मीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो।

गत वर्ष भएको पहिलो संस्करणमा झापा आर्मीसँग पराजित हुँदै उपविजेता बनेको थियो।

यस सिजन मनाङले जितेको यो तेस्रो नकआउट टुर्नामेन्ट उपाधि हो। हेटौंडा गोल्डकपमा आर्मीसँग फाइनलमा पराजित हुँदै उपविजेता बनेको मनाङले त्यसयता सुदूरपश्चिममा खप्तड गोल्डकप र पोखरामा आहा रारा गोल्डकपको उपाधि जितेको थियो।

मनाङबाट खेलेको रोहित चन्द प्रतियोगिताको मोस्ट भ्यालुएबल प्लेरअर घोषित भए। उनले एक थान मोटरबाइक हात पारे।

यस्तै झापाका एलान न्यौपाने बेस्ट गोलकिपर, देवेन्द्र तामाङ बेस्ट डिफेण्डर, रन्जित श्रेष्ठ बेस्ट मिडफिल्डर घोषित भए भने मनाङका निराजल मल्ल बेस्ट फरवार्ड तथा मनाङकै छिरिङ लोप्सान बेस्ट कोच चुनिए।

 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell