PahiloPost

Jun 10, 2025 | २८ जेठ २०८२

२७० स्थानीय तहको मतगणना सम्पन्न, १२ हजार ५६३ जनप्रतिनिधि चयन



पहिलोपोस्ट

२७० स्थानीय तहको मतगणना सम्पन्न, १२ हजार ५६३ जनप्रतिनिधि चयन

काठमाडौंः निर्वाचन आयोगले स्थानीय तहको पहिलो चरणको निर्वाचनबाट अहिलेसम्म १२ हजार ५ सय ६३ जनप्रतिनिधि चयन भएका बताएको छ ।

संयुक्त निर्वाचन परिचालन केन्द्र(जेइओसी) बाट प्राप्त जानकारी अनुसार मंगलबार साँझ पाँच बजेसम्ममा २८३ स्थानीय तह मध्ये २७० स्थानीय तहको मतगणना सम्पन्न भएको छ ।

अब १३ वटा स्थानीय तहको विवरण प्राप्त हुन बाँकी रहेको आयोगले जनाएको छ । 

पछिल्लो विवरण अनुसार नगरप्रमुख/अध्यक्ष २७०, उपाध्यक्ष/उपप्रमुख २७०, वडा अध्यक्ष २ हजार ४३२, वडा सदस्य ४ हजार ८५६, महिला सदस्य २ हजार ४२७ र दलित महिला सदस्य २ हजार ३०८ जना निर्वाचित भएका आयोगले जनाएको छ । 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell