
मुम्बई हमलाको योजनाकारको रुपमा सुरक्षा निकायले खोजी शुरु गरेपछि मुम्बई अन्डरवर्डका डन दाउद इब्राहिम भारतबाट पलायन भए। उनी पलायन भए पनि उनको साम्राज्य र ब्यापार भने उस्तै रह्यो ।
दाउद मुम्बईमा नभए पनि त्यहाँ थिइन उनको बहिनी हसिना पारकर। हसिना प्रत्यक्ष रुपमा अपराधमा संलग्न भइनन्। तर मुम्बइको दक्षिणी इलाकामा उनको अनुमति विना केही चल्दैनथ्यो।
दाउद भागेर पाकिस्तान पुगेका थिए। मुम्बइमा बस्ने हसिना सधै प्रहरी निगरानीमा रहिन्। जहिले चाह्यो त्यहीले प्रहरीले बोलाइरहने भएकाले प्रहरी चौकी आउजाउ उनका लागि सामान्य नै थियो। दाउद भारतबाट पलायन भए पनि जीवित रहेसम्म दाउदको व्यापारीक साम्राज्य राम्रैसँग चलाइन् उनले।
(हसिना पारिकर)
उनी हसिनाको जीवनीमा आधारित फिल्म बन्दैछ जसको निर्देशन गर्दैछन् अपुर्व लाखियाले। फर्स्टपोस्टका अनुसार जुलाईमा रिलिज हुने यो फिल्ममा हसिनाको भूमिकामा श्रद्धा कपुर खेल्दैछिन्।
रियल लाइफमाझै रिल लाइफमा हसिना बनेकी श्रद्धासँगै दाउदको भुमिकामा छन् उनको रियल लाइफका भाइ सिद्धार्थ कपुर।
श्रद्धाले हालै ट्विट गरेर हसिना फिल्मको पोस्टर सार्वजनिक गरेपछी उनको बदलिएको लुक्स चर्चामा छ। बोल्ड श्रद्धा पोस्टरमा निक्कै गम्भिर देखिएकी छिन्। रियल लाइफमा २१ वर्षकी उनी पोस्टरमा ३० वर्ष बढी उमेरकी देखिएकी छिन्।