PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

भारतमा ५ दशमलव ८ रेक्टर स्केलको भुकम्प



पहिलोपोस्ट

भारतमा ५ दशमलव ८ रेक्टर स्केलको भुकम्प


भारतमा उत्तराखण्डलाई केन्द्र बनाएर ५ दशमलव ८ रेक्टर स्केलको भुकम्प गएको छ। उत्तराखण्डको रुद्ररुप भुकम्पको केन्द्र देखिएको छ।
दिल्लि,पञ्जाव,उत्तरप्रदेश,उत्तराखण्डसँगै मधुरा,सहानापुर लगायतका क्षेत्रमा भुकम्पले प्रभाव पारेको छ। बेलुका १०: ३० मा भुकम्प आएको थियो। प्रभावित क्षेत्रवासिले १५ सेकेन्डसम्म भुकम्पको झड्का अनुभव गरेका थिए।

आजतकका अनुसार भुकम्पबाट भएको कुनै भौतिक तथा मानविय क्षतीको विवरण आएको छैन। भारतीय गृहराज्यमन्त्री राजनाथ सिंहले उद्दारका तथा खोजीका लागि एनडिआरएफको टोली तयारी अवस्थामा राखेको ट्विटमार्फत जानकारी दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell