PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

​पाल्पामा जिप दुर्घटना चार जनाको मृत्यु, १९ जना घाइते



पहिलोपोस्ट

​पाल्पामा जिप दुर्घटना चार जनाको मृत्यु, १९ जना घाइते

पाल्पा : पाल्पाको दोभान गाविस–४ श्रीडाँडामा सोमबार राति भएको जिप दुर्घटनामा चार जनाको मृत्यु भएको छ। 

दुर्घटनामा दोभान– २ का २६ वर्षीय यमबहादुर गाहा, ४१ वर्षीय जसवीर बाकाबल, ३१ वर्षीय मीनबहादुर थापा र ४२ वर्षीय हरिप्रसाद रानाको मृत्यु भएको स्थानीयवासी यमप्रसाद पौडेलले बताए। 

दुर्घटनामा १९ जना घाइते भएको र तिनको अहिले बुटवलका अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। दोभान २ नं वडाको देउरालीबाट दोभान– ४ श्रीडाँडामा बिहेमा बाजा बजाएर फर्किँदै गर्दा जिप दुर्घटनामा परेको हो। 

लु १ ज २६८९ नंको जिप दुर्घटनामा भाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ। ओरालो कच्ची बाटामा दुर्घटना भएको जिप सडकबाट १२० मिटर तल भिरमा खसेको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell