PahiloPost

Apr 23, 2025 | १० बैशाख २०८२

​इलामको सूर्याेदय नगरपालिकाले बार्षिक बजेट १६ करोड



पहिलोपोस्ट

इलाम : सूर्याेदय नगरपालिकाले आगामी आर्थिक वर्ष २०७४÷०७५ का लागि रु १६ करोड ३७ लाख ८६ हजारको बजेट सार्वजनिक गरेको छ। 

फिक्कलमा सोमबार आयोजित कार्यक्रममा नगरपालिकाका कार्यकारी अधिकृत राजेन्द्र भट्टराईले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन्। नगरको अनुमानित आन्तरिक आय रु एक करोड रूपैयाँ छ। नगरको जनसंख्या तथा सामाजिक विकास कार्यक्रमका लागि करिब रु सात करोड ५० लाख, सामाजिक, आर्थिक तथा भौतिक पूर्वाधार निर्माणका लागि करिब रु पाँच करोड ७५ लाख र समपूरक कोषका लागि करिब रु एक करोड १६ लाख विनियोजन गरिएको छ। 

यस्तै संगठन तथा प्रशासनसम्बन्धी कार्यक्रमका लागि रु ८३ लाख ५० हजार, कृषि, वन तथा वातावरण कार्यक्रमका लागि रु ४५ लाख नौ हजार, जलस्रोत तथा भूमि र विविध कार्यक्रमका लागि रु ४३ लाख ४० हजार र साझेदारी कार्यक्रमका लागि रु २५ लाख ५० हजार विनियोजन गरिएको छ। 

कार्यकारी अधिकृत भट्टराईले मानवीय समृद्धिसँग आबद्ध गर्न सकिने योजना पहिचान गरी गुरूयोजनाको काम अघि बढाइएको तथा नगरपालिकालाई व्ययभार नपर्नेगरी दीर्घकालीन रूपमा फोहोरमैला व्यवस्थापन र यसलाई मोहोरमा परिणत गर्ने आधार तयार भएको बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell