PahiloPost

Mar 22, 2026 | ८ चैत्र २०८२

​कतार एयरवेजले गर्‌यो विश्वकै सबैभन्दा लामो उडान, इमिरेट्स विमानको किर्तिमान तोडियो



पहिलोपोस्ट

​कतार एयरवेजले गर्‌यो विश्वकै सबैभन्दा लामो उडान, इमिरेट्स विमानको किर्तिमान तोडियो

बेलिङटन (न्युजिल्यान्ड) : विश्वकै सबैभन्दा लामो दूरीको व्यवसायिक उडानका लागि छुटेको कतार विमान कम्पनीको विमान निर्धारित तालिकाअनुसार सोमबार न्युजिल्यान्डको अकल्यान्ड अवतरण भएको छ। 

कतार कम्पनीको विमान नम्बर क्यूआर ९२० ले आफ्नो निर्धारित१४ हजार ५३५ किलोमिटर पूरा गरी निर्धारितसमयभन्दा केही मिनेट पहिल्यै अकल्यान्डमा अवतरण भएको उक्त विमान कम्पनीले ट्वीटमार्फत जानकारी गराएको छ। 



यससँगै कतारको राजधानी दोहाबाट अकल्यान्डका लागि उडेको उक्त विमानले यस पहिले दुबईको इमिरेट्स विमान कम्पनीले दुबईबाट अकल्यान्डसम्मको दूरी पार गरी केही समय पहिले विश्वको सबैभन्दा लामो उडान गरी राखेको किर्तिमानलाई छायाँमा पारिदिएको छ। 

इमिरेट्स कम्पनीको विमानले कतारको विमान कम्पनीको भन्दा ३०० किलोमिटर कम उडान भरेर रेकर्ड बनाएको थियो। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell