PahiloPost

Apr 28, 2024 | १६ बैशाख २०८१

नाट्य सम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइयो



पहिलोपोस्ट

नाट्य सम्राट बालकृष्ण समको जन्मजयन्ती मनाइयो

काठमाडौँ : नाट्य सम्राट् बालकृष्ण समको ११५औँ जन्मजयन्ती मनाइएको छ।
 
नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाली शिक्षा परिषद्ले सोमबार गरेको ‘विशेष प्रवचन’ कार्यक्रममा सहभागी साहित्यकार तथा बुद्धिजीवीले समका खण्ड काव्य, कविता, नाटकले नेपाली साहित्यको विकासमा सहयोग पुगेको विचार व्यक्त गरे।
 
राष्ट्रकवि माधवप्रसाद घिमिरेले तत्कालीन निरङ्कुश शासन तथा समाजका विरुद्ध समको लेखन सशक्त रहेको बताउँदै उहाँको सिर्जनाले नेपाली साहित्य फराकिलो भएको विचार व्यक्त गरे भने प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले प्रतिष्ठानका पूर्वउपकुलपतिसमेत रहेका सम नेपाली साहित्यका ठूला महारथी भएको स्मरण गरे।
 
साहित्यकार तारानाथ शर्माले उच्च घरानामा जन्मेका समले अङ्ग्रेजीको राम्रो अध्ययन गरेको र त्यसलाई नेपाली साहित्यमा प्रयोग गरेकाले तत्कालीन साहित्यको विकासमा राम्रो प्रभाव परेको विचार राखे। साहित्यकार मोदनाथ प्रश्रितले ज्ञानको दृष्टिकोण र अध्ययनको उच्चताले समलाई अनवरत रुपमा साधना गर्न सक्ने साधकका रुपमा स्थापित गरेको तथा नेपाली नाटकमा शेक्सपियरको शैली र प्रभाव विकास गरेको बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell