PahiloPost

Apr 23, 2026 | १० बैशाख २०८३

सलमानको फिल्म 'ट्युबलाइट'को सुटिङ सकियो, इदमा हुनेछ रिलिज



पहिलोपोस्ट

सलमानको फिल्म 'ट्युबलाइट'को सुटिङ सकियो, इदमा हुनेछ रिलिज

सलमान खानको फिल्म 'ट्युबलाइट'को सुटिङ पूरा भएको छ। निर्देशक कबीर खानले सुटिङ पूरा भएको घोषणा गरेका छन्। अब सलमानका फ्यानले 'ट्युबलाइट'को ट्रेलरको प्रतीक्षा गर्ने समय आएको छ। यस फिल्ममा सलमानको फर्स्ट लुक भने पहिले नै देखिएको छ।

'ट्यूबलाइट' इदमा रिलिज हुनेछ। यही विषयलाई लिएर अर्का फिल्म निर्माता करण जौहरले भनेका छन्, 'इदको समयमा सलमानले ल्याउने आँधीमा म आफ्नो फिल्म रिलिज गर्ने चाहँदैन।' 
 
'ट्यूबलाइट'को सुटिङ लेह, मनाली र मुम्बईमा गरिएको छ। सलमानसित यो फिल्ममा चिनियाँ कलाकार जुजू पनि काम गर्दैछिन्। साथै यो फिल्ममा एक चिनियाँ बच्चाको पनि भूमिका रहेको छ।

कबीर खानले फिल्म सुटिङको काम पूरा भएकोमा टिमलाई बधाई दिएका छन्। फिल्म सुटिङका क्रममा सलमान र कबीरका बीचमा केही मनमुटाव पनि भएको थियो। सलमान फिल्मको क्लाइमेक्सबाट खुसी थिएनन्। उनले यसलाई बदल्नुपर्ने आदेश दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell