
ला लिगामा उपाधि जित्नको लागि शीर्ष क्लबहरुबीच जसरी प्रतिस्पर्धा हुन्छ, टिक त्यसैगरी रेलिगेशन जोगाउन पनि पुछारका टीमहरुबीच त्यति नै कठा प्रतिस्पर्धा हुन्छ।
अहिले स्पानिस ला लिगामा पुछारमा रहेका तीन क्लबबीच जम्मा तीन अंकको मात्र अन्तर छ। यस्तोमा ग्रानाडा पल पलमसलाई सोमबार १-० ले हराउँदै पुछारबाट दोस्रोमा उक्लेको छ। घरेलु मैदानमा ग्रानाडालाई जिताउन १५ औं मिनेटमा इंगलिस क्लब म्यानचेष्टर युनाइेटडबाट लोनमा आएका आन्द्रेज पेरेइराले गोल गरे।
ग्रानाडाको २१ खेलबाट १३ अंक छ। समान खेलबाट १३ अंक नै रहेको स्पोर्टिङ गिहोन पूछारबाट तेस्रोमा छ। यस्तै १० अंक मात्र जोडेको ओसासुना पुछार अर्थात २० औं स्थानमा छ।
ग्रानाडाको यस सिजन केवल यो दोस्रो जित हो। गत डिसेम्वरमा सेभियालाई पराजित गर्दै ग्रनाडाले सिजनको पहिलो लिग जित हासिल गरेको थियो।
यी तीन क्लब भन्दा अगाडी रहेको लेगानेसको १८ अंक छ।
यस्तै गत डिसेम्वरमा रियल मड्रिड क्लब विश्वकपमा व्यस्त भएपछि भ्यालेन्सियासँग रोकिएको खेल यही फेब्रुअरी २२ मा हुने भएको छ।
रियल जापानमा क्लब विश्वकप खेल्न गएपछि म्याच डे १६ अन्तर्गतको गेम स्थगित भएको थियो।
खेल भ्यालेनिसयाको घरेलु मैदान मेस्टालामा हुनेछ।
यस्तै म्याच डे २१ अन्तर्गत वर्षाका कारण मैदान खराब भएपछि सेल्टाभिगोसँग हुने तय रियलको म्याच पनि पोस्टपोन्ड गरिएको छ।