
काठमाडौं: मोटिभेशनल स्पिकर सृष्टि केसीको जीवन कथामाथी बन्न लागेको बायोपिक ड्रामा ‘ब्लाइन्ड रक्स’मा सृष्टिको भूमिकाम निर्वाह गर्न लागेकी नायिका बेनिसा हमालको फस्ट लुक आउट भयो। सोमबार काठमाडौंमा फिल्मको छायांकन सुरु भएको हो।
हिमालयन जाभा कफी सपमा मुख्य कलाकार बेनिशा हमाल र अर्पण थापा पहिलो सट लिइएको छ। ‘रोल चुनौतिपूर्ण छ। यो सट् चाही लभर जोडीबीच द्धन्द्ध उत्पन्न हुने सिक्वेन्स हो’ पर्दामा सृष्टि केसी बन्न लागेकी बेनिशाले भनिन्।
फिल्मका लागि बेनिशाले हाउभाउदेखि गेटअपसम्म सृष्टिलाई उतारेकी छिन्। निर्देशक मिलन चाम्सले नेपाल र भारतमा सुट गरिने सिनेमाको सुटिङ अवधि ३५ दिन हुने जानकारी दिएका छन्।
बेनिशासँगै फिल्ममा अर्पण थापा, गौरी मल्ल र बैंकर अनिल शाहको मुख्य अभिनय रहनेछ।