
म्यानचेष्टर सिटीको पछिल्लो दुई प्रिमियर लिग खेलमा नायक बने, ब्राजिलियन युवा स्टार गाब्रिएल जेसस। फेब्रुअरी १ मा वेष्टह्याम विरुद्वको खेलमार्फत प्रिमियर लिगको पहिलो रोजाईमा सुरुवात गरेका जेससले एक गोल गर्नुका साथै एक असिस्ट गरे।
नियमित फरवार्ड सर्जियो अगुएरोको स्थानमा पहिलो रोजाईमा मैदान उत्रेका उनले केभिन डे ब्रूएनालाई गोलका लागि असिस्ट गरे भने सिटीको ४-० को जितमा तेस्रो गोल गरे।
प्रिमियर लिगको पहिलो रोजाईमा खेलेको खेलमा गोल गर्ने र अस्टि गर्ने जेसस पहिलो खेलाडी समेत बने।
यस्तै गत आइतबार जेससकै दुई गोलको मद्दतमा म्यानचेष्टस सिटीले स्वान्सी सिटीलाई २-१ ले हरायो।
यस खेलमा पनि जेससले अगुएरोको स्थान लिए भने अगुएरो खेल सकिन ७ किनेट बाँकी छदा मात्र रहिम स्टर्लिङको स्थानमा मैदान प्रवेश गरेका थिए।
जेससले प्रिमियर लिगमा डेब्यु भने जनवरी २१ मा टोटनहम हट्सपर विरुद्व गरेका हुन्। २-२ को बराबरीमा सकिएको उक्त खेलमा जेसस ८२ औं मिनेटमा रहिम स्टर्लिङको स्थानमा मैदान प्रवेश गरेका थिए।
त्यसपछि एएफए कपमा क्रिस्टल प्यालेस विरुद्धको जितमा जेसस सिटीको पहिलो रोजाइमा मैदान उत्रे। यहीबाट जेससले अगुएरोलाई पछि पार्न सुरु गरे।
यससँगै अहिले अगुएरोले सिटी छाड्ने हल्ला पनि सुनिल थालेको छ। तर स्वान्सी विरुद्वको खेलमा सब्सिच्युट खेलाडीको रुपमा मैदान प्रवेश गरेका अगुएरोले भनेका छन्, 'निश्चय नै मलाई सिटीमै बस्न मन छ।'
म्यानचेष्टर सिटीले पनि अगुएरोलाई आगामी समर बेच्ने कुनै मनसाय नभएको बताएको छ।
२८ वर्षे अगुएरोले यस सिजनको सुरुवातमा सम्झौता नविकरण गरेका थिए, जसको अर्थ उनी अझै तीन वर्ष एतिहाड क्लबमा रहनेछन्।
'आगामी तीन महिना मैले क्लबलाई सहयोग गर्नुछ, त्यसपछि उनीहरुले नै निर्णय गर्नेछन् की मेरो लागि यहाँ स्थान छ की छैन।'
१८ गोल गरिसकेका एगुएरो यस सिजन सिटीको सर्वाधिक गोलकर्ता हुन्। उनी दोस्रो स्थानको रहिम स्टर्लिङ भन्दा ११ गोलले अगाडी छन्।
यता सिटीको लागि यसै सिजन खेल्न सुरु गरेको गरेका जेससले एक महिना पनि नबित्दै लिगमा ३ गोल गरिसकेका छन्।
सन् २०१४-१५ को सिजनमा प्रिमियर लिग गोल्डेन बुटको अवार्ड जितेका अगुएरो सिटीका लागि सर्वाधिक गोलकर्ताको तेस्रो स्थानमा छन्।
उनले १५४ गोल गरेका छन्। सन् २०११-११ मा क्युपिआर विरुद्व अन्तिम समयमा चर्चित विजयी गोल गर्दै सिटीलाई लिग उपाधि दिलाएका थिए।
'मेरो सम्झौता तीन वर्षसम्म छ। त्यसैले म क्लबमा खुशी छ।' अगुएरोले स्पष्ट पारे।
'जब तपाई बेन्चमा हुनुहुन्छ, तपाईले आफ्नो अवसरका लागि कुर्नुपर्छ, मेरो लागि आफ्नो उत्कृष्ट प्रदर्शन देखाउने र क्लबलाई सहयोग गर्ने तीन महिना छ। त्यसपछि मेरो भविष्यमा के हुनेछ हामी देख्नेछौं।'
यस्तै अगुएरोका बारेमा सिटीका प्रशिक्षक पेप ग्ओर्डिवलाले टीमकै महत्वपूर्ण मध्येको एक खेलाडी भएको बताए।
तर तीन लिग खेलमा ३ गोल गरिसकेको १९ वर्षे जेससले पनि पेपलाई प्रभावित पार्न थालेका छन्।
यता बिबिसीका जमेइन जेनसले जेसस अहिल्यै अगुएरोलाई प्रतिस्थापन गरिहाल्न सक्ने अवस्थामा नपुगेको बताएका छन्।