PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

बाघको आक्रमणबाट पर्सामा प्रहरीसहित ९ जना घाइते, बाघ नियन्त्रणबाहिर



राधेश्याम पटेल

बाघको आक्रमणबाट पर्सामा प्रहरीसहित ९ जना घाइते, बाघ नियन्त्रणबाहिर

वीरगन्ज : पर्साको लखनपुर गाविस-७ एकडार्वामा बाघको आक्रमणबाट प्रहरीसहित ९ जना घाइते भएका छन्।
 
पर्सा वन्यजन्तु आरक्षबाट निस्किएको बाघ नियन्त्रण गर्ने क्रममा प्रहरी र गाउँले घाइते भएका हुन्।
 
घाइते हुनेहरुमा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर साह, प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक अरुणकुमार झा, हवल्दार दीपेन्द्र यादव र जवान वेदबहादुर श्रेष्ठ छन्। अन्य गाउँले सहित उनीहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहको छ। साहको बायाँ हात, झको दायाँ हातमा बाघले चिथोरेको छ। घाइते गाउँलेहरुमा रघुवीर साह, मोतीलाल यादव, महेन्द्र सहनी, आशमान रावत, तुफान पटेल लगायत छन्।

गम्भीर घाइते भएका रघुवीर, मोतीलाल र प्रहरी निरीक्षक चक्र साहलाई हेलिकोप्टरबाट काठमाडौं लैजाने तयारी गरिएको छ।

आरक्षबाट सेडवा, जानकीटोला, मैनियारी हुँदै आएको बाघ बस्तीमा पसेपछि नियन्त्रणमा जुटेका बेला रिसाएको बाघले आक्रमण गरेको हो। अहिले सो बाघ बाँसघारीमा लुकेकाले नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट थप १८ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell