PahiloPost

Jun 19, 2026 | ५ असार २०८३

क्यास्पियन क्रिकेट कप फागुन ३ देखि



रासस

धनगढी : क्यास्पियन एकेडेमी आगामी फागुन ३ देखि १० गतेसम्म धनगढीमा क्यास्पियन क्रिकेट कप २०७३ को आयोजना गर्ने भएको छ।
 
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा एकेडेमीका संस्थापक मोहनराज शर्माले यस क्षेत्रको बढ्दो क्रिकेट क्रेजलाई सही दिशा दिनुपर्ने अवश्यकता महसुस गरी यो अन्तर विद्यालय निमावि स्तरीय क्रिकेट प्रतियोगिता गर्न लागिएको बताए।
 
प्रतियोगिताको आयोजनाले क्रिकेटबाट भविष्य बनाउन चाहने विद्यार्थी लाभान्वित हुने उनले बताए।
 
प्रतियोगितामा प्रथम हुनेलाई रु २५ हजार, प्रमाणपत्र र क्यास्पियन कप तथा द्वितीय हुनेलाई रु १० हजार र प्रमाणपत्र प्रदान गरिने बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell