PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

पर्सामा ४ राउन्ड गोली हानी बाघ मारियो, आक्रमणबाट घाइते चार जनालाई काठमाडौं लगिँदै



राधेश्याम पटेल

पर्सामा ४ राउन्ड गोली हानी बाघ मारियो, आक्रमणबाट घाइते चार जनालाई काठमाडौं लगिँदै

वीरगन्ज : पर्साको लखनपुर गाविस-७ एकडार्वामा प्रहरी र स्थानीयलाई आक्रमण गर्ने बाघ मारिएको छ।
 
पर्सा वन्यजन्तु आरक्षबाट निस्किएको बाघ नियन्त्रण गर्ने क्रममा प्रहरी र गाउँले गरी ९ जना घाइते भएका थिए। जिल्ला प्रहरी कार्यालय पर्साबाट आएको टोलीले आक्रमण गरी बाँसघारीमा लुकेको बाघलाई मारेको हो। ४ राउन्ड गोली प्रहार गरी मारेको पर्सा प्रहरीले जनाएको छ।
 
आरक्षबाट सेडवा, जानकीटोला, मैनियारी हुँदै आएको बाघ बस्तीमा पसेपछि नियन्त्रणमा जुटेका बेला रिसाएको बाघले आक्रमण गरेको थियो। सो क्रममा इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक चक्रबहादुर साह, प्रहरी चौकी महुवनका प्रहरी सहायक निरीक्षक अरुणकुमार झा, हवल्दार दीपेन्द्र यादव र जवान वेदबहादुर श्रेष्ठ घाइते भएका छन्। घाइते अन्य गाउँलेहरुमा रघुवीर साह, मोतीलाल यादव, महेन्द्र सहनी, आशमान रावत, तुफान पटेल छन्। गाउँले पाँच जनाको वीरगन्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा र सुरक्षाकर्मीहरुको वीरगन्ज–१७ स्थित वीरगन्ज हेल्थकेयर अस्पतालमा उपचार भइरहेको पर्सा प्रहरीका प्रवक्ता चक्रराज जोशीले बताए।

प्रहरी निरीक्षक शाहको बायाँ हात, प्रसनि झाको दायाँ तथा गाउँले रघुवीर र मोतीलालको अवस्था गम्भीर छ। उनीहरुलाई हेलिकोप्टरबाट काठमाडौ लगिँदैछ।

आरक्षबाट सेढवा, जानकीटोला, मैसिहानी गाविस हुँदै आएको बाघ बस्तीमा पसेपछि नियन्त्रणमा जुटेका बेला रिसाएको बाघले आक्रमण गरेको हो। मारिएको बाघलाई जिल्ला वन कार्यालय पर्सामा ल्याइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell